युक्रेनले मारिउपोलको अजोभस्टलबाट ५० नागरिकलाई उद्धार


२५ बैशाख २०७९, आईतवार
ukrea

किभ । जारी रुस-युक्रेन युद्धबाट घेरामा परेको शहर मारिउपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ५० नागरिकलाई बाहिर निकालिको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शुक्रबार बताएका  छन् ।

‘उद्धार कार्य अत्यन्त सुस्त थियो । यद्यपि, आज हामीले आजोभस्टलबाट ५० जना महिला, बालबालिका र वृद्धवृद्धालाई मुक्त गर्न सफल भयौ’, भेरेश्चुकले फेसबुकमा लेखेका छन् । उद्धार कार्य जारी रहने छ ।

अघिल्लो दिन, युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माकले युक्रेनले मारियुपोलबाट करिब ५०० नागरिकलाई बाहिर निकालेको बताएका थिए । पूर्वी युक्रेनको प्रमुख अजोभ समुद्री बन्दरगाह शहर मारिउपोलले रुस-युक्रेन द्वन्द्वमा सबैभन्दा खराब हिंसा देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७