हवाना होटल विष्फोटमा मृत्यु हुनेको संख्या दोब्बर


२५ बैशाख २०७९, आईतवार
1651940459

काठमाडौं । हवानाको साराटोगा होटलमा शुक्रबार भएको शक्तिशाली विष्फोटमा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको क्युबाली राष्ट्रपति कार्यालयको प्रशासनले शनिबार जनाएको छ ।

क्युबाका राष्ट्रपति मिगुएल डियाज-क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यबद्धताका लागि मित्र राष्ट्रहरूलाई धन्यवाद दिएका छन् । बैठकमा घोषणा गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त घटनामा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको थियो ।

क्युवाली अधिकारीहरूले यसअघि विष्फोटमा परी नौ जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७