आईपीएलमा सिकेकाे ज्ञानलाई नेपाली क्रिकेटमा लागु गर्नेछु : सन्दीप लामिछाने


१२ चैत्र २०७४, सोमबार
sandeep lamichhane

काठमाडौं, १२ चैत । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आईपीएलमा सिकेका ज्ञानलाई नेपाली क्रिकेटमा लागु गर्ने बताएका छन् । विश्व क्रिकेटको सबैभन्दा ठूलो एवं व्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल ) खेल्न जान अघि सोमबार गरेको पत्रकार सम्मेलनमा उनले आइपिएलमा सिकेको कुरा नेपालका लागु गर्ने बताएका हुन् ।

sandeep lamichhane
  पत्रकार सम्मेलनमा सन्दीप लामिछाने । तस्बिर  :  रासस

आइपिएलमा दिल्ली डेयरडेभिल्स क्लबबाटठ खेल्नका लागेका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने पत्रकार सम्मेलन भने, ‘उत्साहित छु । त्यहाँबाट धेरै कुरा सिकेर नेपाल क्रिकेटमा लागू गर्न चाहन्छु ।’

उनी नेपाली क्रिकेट इतिहासमा आइपिएल खेल्ने पहिलो नेपाली हुन् । उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपियाँमा खरिद गरेको थियो । उनको मेडिकल लगायतका प्रक्रिया पुरा गरेपछि २९/३० तारेखबाट ट्रेनिङ सुरु हुनेछ ।

सन्दिपका लागि यो समय अत्यन्त महत्वपूर्ण हुनेछ । यहाँ उनले टिममा भएका खेलाडीहरुसँग सिक्ने मात्र होइन, आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन् । र, अभ्यास खेलहरुमा खेलमा आफ्नो प्रभाव छोड्न सके आईपीएलमा डेब्यू सुनिश्चित हुनेछ ।
आइपिएल आगामी अप्रिल ७ देखि मे २७ तारिखसम्म सञ्चालन हुनेछ ।

उत्साही छु
उनले नेपालका तर्फबाट सहभागी हुन पाउँदा उत्साही भएको बताउँदै यसालाई अवसरका रुपमा लिएको बताए । उनले भने ’अहिले मैले अवसर पाएको छु। नेपालका सिनियर क्रिकेटरहरुले पनि यसमा धेरै डिजर्भ गर्नुहुन्छ, सिनियर खेलाडीले डिभिजन ५ देखि नेपाललाई ओडिआई स्ट्याटससम्म र्पुयाउनुभयो । दिल्लीमा मैले खेल्ने अवसर पाएँ, राम्रो गर्न सकेँ भने नेपाली क्रिकेटलाई नै राम्रो हुनेछ ।’

गत सिजनमा अफगानिस्तानका रसिद खानले राम्रो प्रदर्शन गर्दा यो पटक अरु खेलाडीले पनि मौका पाएका छन् । सन्दिपको हकमा पनि यदि उनले डेब्यूसँगै राम्रो प्रदर्शन गर्न सके अरु नेपाली खेलाडीका लागि पनि ढोका खुल्नसक्छ । उनले भने, ‘‘मैले अवसर पाएको छ । मैले राम्रो गर्न सकेँ र मेरो टिम दिल्लीले राम्रो र्गयो भने म भन्दा धेरै योग्य दाइहरु हुनुहुन्छ । उहाँहरुका लागि बाटो खुल्छ ।’

सन्दीपले आफू जहाँ गएपनि सँधै नेपाली क्रिकेट टिमसँगै भएको सम्झिरहेको बताए । ’म अष्ट्रेलिया जाँदा पनि टिमलाई सम्झिरहेको थिएँ। अब दिल्ली जाँदा पनि त्यही हुनेछ । जहाँ म आफ्नो शतप्रतिशत दिने प्रयास गर्नेछु। मैले कोच, टिम म्यानेजमेन्टलगायत अपोनेन्ट टिमबाट समेत धेरै सिक्ने अवसर पाउनेछ।’

प्लेइङ ११ मा पर्ने बारे पत्रकारले सोधेको प्रश्नमा उनले टिमको प्लानमा भर पर्ने बताए। ‘टिमको जुन बेस्ट कम्बिनेशन हुन्छ प्लेइङ एलेवेनको त्यसैले मौका पाउने हो। अनि कस्तो ‘सिच्युएसन’मा खेल्दैछौं। टिमको प्लान के छ त्यो चाहीँ त्यसमा डिपेन्ड गर्छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७