एमालेकाे आज चितवन र बुटवलमा चुनावी सभा


२५ बैशाख २०७९, आईतवार
279498842 5619015261460210 7116112279896056188 n

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (आइतबार) चितवन र बुटवलमा बृहत् चुनावी सभा गर्दैछ । क्याम्पा चौरमा दिउँसो १२ बजे हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

त्यसबाहेक उपाध्यक्ष रामबहादुर थापा, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि चुनावी सभालाई सम्बोधन गर्ने एमाले बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले जानकारी दिए । पाण्डे भरतपुर महानगरपालिकाको चुनावी ‘कमाण्डर’ हुन् । चितवन थापाको गृह जिल्ला हो, उनी शुक्रबार यहाँ आइपुगेका हुन् ।

त्यसबाहेक चुनावी सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पनि सम्बोधन गर्ने तयारी छ । चितवनमा एमाले र राप्रपाबीच गठबन्धन छ । ‘कार्यक्रम एमालेको आयोजनामा भए पनि विक्रमजीले पनि सम्बोधन गर्ने सम्भावना छ’, अधिकारीले भने, ‘किनभने यहाँ राप्रपासँग हाम्रो गठबन्धन छ ।’

सहभागी निःशुल्क यातायात
एमालेको चुनावी सभामा सहभागिता व्यापक बनाउन विभिन्न स्थानबाट नागरिक सभास्थल ल्याउन र लैजान निःशुल्क गाडीको व्यवस्था गरिएको प्रचार गरिएको छ । हिजोदेखि नै वडा नम्बर २१, २६ र २० लगायत वडामा माइकिङ गरेर त्यसको प्रचार गरिएको छ ।

सहभागी व्यापक बनाउन प्रचार प्रसार तीव्र पारिएको छ, शनिबार भरतपुर बसपार्क हुँदै, पुल्चोक नारायणगढ र क्याम्पाचौर आसपास मोटरसाइकल र्‍याली गरिएको अधिकारीले बताए ।

त्यस्तै बुटवलमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । बुटवलमा एमालेले बाबुराम भट्टराईलाई र सत्ता गठबन्धनले कांग्रेसका खेलराज पाण्डेलाई मेयर पदको उम्मेदवार बनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७