बाबुराम र उपेन्द्रले बहिष्कार गरेका हुन् गठबन्धनको चुनावी सभा ?


२५ बैशाख २०७९, आईतवार
baburam upendra

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु अहिले चुनावी सभामा व्यस्त छन् । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका नेताहरु प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अहिले चुनावी सभाले भ्याई नभ्याई छ ।

तर, सत्ता गठबन्धनभित्रै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई भने सत्ता गठबन्धनका चुनावी सभामा देखिएका छैनन् । पाँच दलीय चुनावी सभामा यादव र भट्टराई नदेखिंदा सर्वसाधरणमा चासो बढेको छ । गठबन्धनमै रहेको दल जसपाका अध्यक्ष उपेन्द्र यादव र संघ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनको चुनावी सभा बहिष्कार गर्दै आएका छन् ।

गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसक्यो । तीन ठाउँकै चुनावी सभालाई यी दुई नेताले भने बहिष्कार गरेका छन् । पार्टीका दोस्रो तहका नेताहरू भने चुनावी सभामा देखिंदै आएका छन् ।

जबकी, कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई चुनावी सभाको चटारो छ । उनीहरुले गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिरहेका छन् ।

तर, जसपाका यी दुई नेता भने गठबन्धन दलकै चुनावी सभामा नगई गृह जिल्लामा व्यस्त छन् । उक्त पार्टीका नेता राजकिशोर यादव दुई अध्यक्ष किन गठबन्धनको संयुक्त चुनावी सभामा जाँदै छैनन् भन्नेबारे आफूलाई जानकारी नभएको बताउँछन् । ‘गठबन्धन दलका अन्य शीर्ष नेता त चुनावी सभामा देख्छु तर हाम्रा पार्टीका दुई अध्यक्ष गएको देख्दिनँ’ यादवले भने, ‘तालमेललाई लिएर केही असन्तुष्टि होला कि ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७