भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार


२५ बैशाख २०७९, आईतवार
anita tamang bhojpur zddQzlRZdU

भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका-१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चार वटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

चितवनमा हतियार प्रहारबाट युवा संघका कुमार थापा घाइते
यता चितवनको खैरहनीमा युवा संघका नेता कुमार थापामाथि धारिलो हतियार प्रहार भएको छ । अज्ञात व्यक्तिहरुले हतियार प्रहार गर्दा थापा गम्भिर घाइते भएका छन् ।

Kumar Thapa Yuba Sangh Khairahani Chitwan

खैरहनी-८ स्थित उनकै घर नजिक उनीमाथि हतियार प्रहार भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माले बताए । उनका अनुसार हतियार प्रहारबाट थापाको टाउको, हात र खुट्टामा चोट लागेको छ ।

घटनाको अनुसन्धानका लागि केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । थापा एक वर्ष अघि नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका थिए । राजनीतिक प्रतिशोधका कारण उनीमाथि आक्रमण भएको हुनसक्ने अनुमान छ । स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा उनी सक्रिय रुपमा लागेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७