‘असार १७ मा सत्ता गठबन्धन टुट्छ, यो मेरो होइन, ज्योतिषीहरूको कुरा हो’


२५ बैशाख २०७९, आईतवार
kp oli 2 scaled

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो असार १७ गतेपछि वर्तमान सत्ता गठबन्धन नरहने रहस्यमय कुरा बताएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनको संघारमा पार्टीका तर्फबाट आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले यो गठबन्धन बढीमा असार १७ सम्म मात्र जाने दावी गरेका छन् । ‘असार १७ मा गठबन्धन नरहने आधार के हो ? माओवादी केन्द्रसँग संसादमा हुनुहुन्छ ? विश्वासको आधार त्यही हो ?’ भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘यो मेरो कुरा होइन, ज्योतिषहरूको हो ।’

‘असारपछि यो गठबन्धन रहँदैन, यो मेरो भनाइ होइन, ज्योतिषीहरूको भनाइ हो’, ओलीले थपे, ‘यो राजनीतिज्ञ र अन्य ज्योतिषीहरूले भनेको हो । विश्वास लाग्दैन भने आफूले विश्वास गरेको ज्योतिषीसँग सोध्नुस् भनेर देउवाजीलाई भन्न चाहन्छु ।’ ओलीले माओवादी केन्द्रसँग लगातार वार्ता भइरहेको विषयमा भने जवाफ दिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७