सर्लाहीको हरिवन तनावग्रस्त, माओवादी उम्मेदवारलाई विष खुवाएको आरोप


२५ बैशाख २०७९, आईतवार
hariwon C5WYbWLXNz

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-११ का माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार मो. शेख इस्तिहारलाई विष खुवाइएको भन्दै सर्लाहीको हरिवनमा माओवादीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

आइतबार विहान हरिवन-११ मा माओवादी केन्द्रले गरेको घरदैलोको क्रममा वडाअध्यक्षलाई विष खुवाइएको बताइएको छ । उनीहरुले एमाले उम्मेदवारको योजनामा विष खुवाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७