जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस


२५ बैशाख २०७९, आईतवार
deuwa cabinet 1

काठमाडौं । सरकारले आउँदो जेठ ३ वा ४ गतेका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘जेठ ३ वा ४ गते संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ’, ती मन्त्रीले भने । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७