गठबन्धन अघि कांग्रेसको कस्तो अवस्था थियो ? धेरै शंका नगरौं : देउवा


२५ बैशाख २०७९, आईतवार
Deuwa pokhara scaled

पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज (आइतबार) पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजानु पर्ने बताए ।

गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको जनाउँदै उनले भने, ‘गठबन्धन बन्नु अघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ ।’ गठबन्धनमा शङ्का, उपशङ्का गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी ) अध्यक्ष माधव नेपाल एवं गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेका छन्’, उनले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले गठनबन्धनले छ महानगरमध्ये तीनवटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको बताए । महानगर मात्र नभई हरेक पालिकामा गठबन्धनलाई विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरे । गठबन्धनलाई विजयी बनाउनका लागि कांग्रेसी कार्यकर्ता गठबन्धनका अन्य दलले भन्दा पनि मेहनतका साथ लाग्नुपर्नेमा उनले जोड दिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७