देउवा र प्रचण्डको ‘चाउरे पिरती’ धेरै दिन टिक्दैन : सुरेन्द्र पाण्डे


२५ बैशाख २०७९, आईतवार
Surendra pandey 349TA5euic

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीचको प्रेमलाई ‘चाउरे पिरती’ को संज्ञा दिएका छन् ।

चितवनको भरतपुमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै पाण्डेले भने, ‘नक्कली माया पिरती जो देखाउनु भएको छ, यो चाउरे पिरती धेरै दिन चल्नेवाला छैन् । केही दिनमा नै टुट्ने अङ्गभङ्ग हुनेवाला छ ।’ गृह जिल्ला समेत रहेको चितवनमा आयोजित सभामा बोल्दै उनले यसपटक भरतपुरका जनताले सत्य र न्यायको पक्षमा फैसला गर्ने बताए । उनले देउवाको प्रेम रेनु दाहाल र प्रचण्डमाथि ज्यादै बढेको भन्दै धेरै परसम्म यो नजाने ठोकुवा गरे ।

‘मैले धेरै कुरा भन्न पर्दैन, यही भरतपुरमा गरेको भाषण मैले सुनेँ, शेरबहादुर देउवाजीले भन्नु भएछ, मेरो जोडले मेयरको उम्मेदवार दिएको हो, प्रचण्डले मान्नु भएको थिएन भनेर,’ पाण्डले अघि भने, ‘कति प्यारो प्रेम बसेछ शेरबहादुर देउवाजीलाई रेनुजीमाथि र प्रचण्डजीमाथि । शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो प्रेम छ कमजोर प्रेम छ भन्ने कुरा धेरै परसम्म हामीले पर्खनु पर्दैन होला ।’

०७४ को निर्वाचनमा लगभग विजयी भइसकेका देवी ज्ञवालीलाई मतपत्र निलेर नाङ्गो ढंगले हराउने काम भएको बताए । ‘गत चुनावमा देवी ज्ञवाली करिव विजयी हुनु भएको थियो । उहाँलाई त्यसबेला अन्तिम क्षणमा मतपत्र च्यातेर निलेर नाङ्गो ढंगले जितेको चुनाव हराउने काम भयो,’ उनले भने, ‘यस पटक चितवनका जनताले अदालतले सत्य र न्यायको पक्षमा फैसला गर्छ भन्ने हामीलाई लागिरहेको छ ।’ उनले देशको हितमा काम गर्ने नेकपा एमाले मात्र भएको भन्दै एमाले गठबन्धनलाई भोट हाल्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७