युक्रेनको स्कुलमा भीषण बमबारी, ६० बढी मारिएको आशंका


२५ बैशाख २०७९, आईतवार
rushi 20220508165158

किभ । रुस र युक्रेनबीचको युद्ध जारी छ । रुसले युक्रेनमा आक्रमण तीव्र पारेको छ । युक्रेनको पू्वी भागमा रुस र युक्रेन दुवैका सेनाबीच भीषण युद्ध चलिरहेको छ । युद्धको केन्द्र बनेको पूर्वी युक्रेनको एउटा विद्यालयमा आइतबार ठूलो बम विष्फोट भएको छ । बम विष्फोटमा ६० बढीको मृत्यु भएको आशंका गरिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार गभर्नरले बमबारीमा ६० जना बढी मानिसको मृत्यु भएको आशंका व्यक्त गरेको छ । जानकारीअनुसार पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रको बिलोहोरिभका गाउँमा रहेको विद्यालयमा रुसी सेनाले बमबारी गरेको थियो । रुसले गरेको यो भीषण बम आक्रमणमा ६० जनाको ज्यान गएको आशंका गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार लुहान्स्कका गभर्नर सेर्ही गैडाईले रुसी आक्रमणको जानकारी दिँदै रुसी सेनाले विद्यालयलाई निशाना बनाएको बताए । यस विद्यालयमा आम नागरिकले शरण लिएका थिए । लुहान्स्कका गभर्नरले रुसी सेनाले गरेको भारी बमबारीका कारण विद्यालय भवनमा आगो लागेको दाबी गरेको छ । करिब चार घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७