रेणु दाहाललाई बादलको काउन्टर : ट्रेलर त देखाउनु भयो, फिल्म दुःखान्त बन्ने छ

‘माओवादी पतनको दिशामा गएको छ’


२५ बैशाख २०७९, आईतवार
Ram Bahadur Thapa Badal 1024x573 1

चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेकपा माओवादी केन्द्र पतनको बाटोमा गएको बताएका छन् । चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले माओवादी आफ्नो विचार, सिद्धान्त र नीतिबाट पछि हटेको आरोप लगाए ।

‘नेकपा माओवादी केन्द्र पतनको दिशामा अगाडि बढेको छ । आफ्नो विचार, सिद्धान्त र नीतिबाट पछि हटेको छ,’ बादलले भने, ‘माओवादीहरु पुँजीपति वर्गमा परिणत भएको छ ।’ उनले आम माओवादी कार्यकर्ताहरुलाई भ्रमबाट मुक्त हुन आह्वान गरे । ‘चितवनका आम माओवादी कार्यकर्ताहरुलाई भन्न चाहन्छु । माओवादीको भ्रमबाट मुक्त हुनुहोस्,’ उनले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले भरतपुरका गठबन्धनका मेयर उम्मेदवार रेणु दाहाललाई पूरा फिल्म दुःखान्त बन्ने बताए । ‘यहाँका नेकपा माओवादीका उम्मेदवारले यो त ट्रेलर मात्र हो, पूरा फिल्म देखाउन बाँकी छ भनेर उद्घोष गरेका रहेछन् । म भन्न चाहन्छु त्यो फिल्म दुःखान्त नाटकमा परिणत हुनेछ,’ उनले भने ।

city
ncll 2

गठबन्धनको चुनावी सभामा दाहालले भरतपुरको विकास ट्रेलर मात्र भएको बताएकी थिइन् । पूरा फिल्म त आफूलाई जिताएपछि देख्न मिल्ने उनको भनाइको थियो । त्यस्तै बादलले गठबन्धनलाई लोकतन्त्र र राष्ट्रवादविरोधी भएको र विदेशीको गुलाम भएको बताए । एमसीसी प्रकरणबाट पनि त्यो प्रमाणित पनि भएको उनले ठोकुवा गरे ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७