सर्लाहीमा उम्मेद्वारलाई विष खुवाइएपछि प्रहरीले भन्यो, ‘अपरिचितले दिएको केहि नखाऔं’


२५ बैशाख २०७९, आईतवार
hariwon C5WYbWLXNz

सर्लाही । नेपाल प्रहरीले चुनावी घरदैलो कार्यक्रममा दलका नेता, उम्मेद्वार र कार्यकर्तालाई अपरिचित व्यक्तिबाट प्रसाद र सगुन ग्रहणका लागि आग्रह हुन सक्ने भन्दै यस्ता वस्तु खाँदा सचेत हुन आग्रह गरेको छ ।

प्रहरीले चुनावी घरदैलोका क्रममा दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव हुने गरेको र सो खाएपछि बिरामी पर्ने गरेको पाइएकाले सचेत रहन आग्रह गरेको हो । सर्लाहीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित पाँच जनालाई विष खुवाएको पाइएपछि प्रहरीले सूचना नै जारी गरेर यस्तो आग्रह गरेको हो । अस्पतालले उनीहरुलाई विष खुवाएको बताएको सर्लाहीका एसपी प्रवीण पोखरेलले जानकारी दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सर्लाहीको हरिवन नगरपालिका-११ का वडाध्यक्षका उम्मेदवार शेख इस्तिहाकसहित पाँच जना बिरामी परेका छन् । इस्तिहाक र ओमप्रकाश साहलाई थप उपचारका लागि वीरगञ्ज लगिएको छ । मोहम्मद रिजवान, शेख आरिफ, पूणर्िमा कार्की र दिलिप खड्काको हरिवनमा उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्थामा सुधार हुँदै गएको छ । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ ।

city
ncll 2

प्रहरीले एक सार्वजनिक सूचनामार्फत सगुन सेवनपश्चात कोही बेहोस हुने र कोही चक्कर लागेर लड्ने जस्ता घटनाहरु भएको पाइएको भन्दै सचेत गराएको हो । प्रहरीले भनेको छ, ‘स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव भई प्रसाद वा सगुन सेवन गरेपश्चात् कोही बेहोस हुने र कोही चक्कर लागेर लड्ने जस्ता घटनाहरु घटेको पाइएकोले निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्तो सूचना भए नेपाल प्रहरीलाई तत्काल जानकारी गराउन हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।’

jagdamba.cement
nepal liquors
sagun

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७