जुम्लामा ४९६ कर्मचारी निर्वाचनमा खटिए


२६ बैशाख २०७९, सोमबार
md 16b

जुम्ला । स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४९६ कर्मचारी खटिएका छन् । दुई सय चार मतदान अधिकृतसहित सो सङ्ख्यामा कर्मचारी खटिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए ।

उनले भने, ‘जिल्लाका ७९ मतदानस्थल र १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत खटिने कर्मचारी समेत छनोट गरिएको छ । जसमा छ महिला निर्वाचन अधिकृत खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाँच सयभन्दामाथि मतदाता भएका मतदान केन्द्र पाँच र ५०० भन्दा मुनी मतदाता भएका केन्द्रमा चार कर्मचारी खटाएको छ ।’

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लामा ८८ मतदान केन्द्र ५०० भन्दा बढी मतदाता संख्या रहेको छ । सो सङ्ख्यामा १४ वटा केन्द्रमा मतदाता कम रहेको छ ।  सोही मापदण्डअनुसार जिल्लामा कर्मचारी परिचालन हुने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

प्रत्येक केन्द्रमा कर्मचारीसहित तीन स्वयंसेवक खटिने भएका छन् । अधिकृत र सहायक मतदान अधिकृतको तालिम सञ्चालन गरिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७