‘निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शी बनाउनु पर्छ’


२६ बैशाख २०७९, सोमबार
MD Morang MatdanOfficera

मोरङ । निर्वाचनलाई मर्यादित र स्वतन्त्र र निष्पक्ष बनाउने उद्देश्यले मोरङका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि एकदिने प्रशिक्षण आइतबारदेखि सुरु गरिएको छ ।

 प्रदेश निर्वाचन कार्यालय विराटनगरद्वारा आयोजित सो प्रशिक्षणमा  मोरङका १७ पालिकामा एक हजार ६५७ मतदान अधिकृत र सहायक मतदान अधिकृतको सहभागिता छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शी बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट कार्य गर्न निर्देशन दिए । उनले  शान्ति सुरक्षामा समस्या भए तत्काल निराकरण गरिने विश्वास दिलाए ।

 जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले निर्वाचनमा शान्ति सुरक्षाको अवस्था सबल छ भन्दै नागरिकले  भयमुक्त भई मतदान गर्न आग्रह गरे । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले  मतदान केन्द्रका अधिकृतबाट कुनै पनि लापरबाही हुन नदिन, कार्यालय दिने तालिममा विशेष ध्यान दिन, मतपत्रको ठेली गन्तीमा घटबढ हुन नदिन र मत खसाल्न सहज वातावरण सिर्जन गर्नुपर्नेमा जोड दिए ।

तालिममा मोरङको उर्लावारी नगरपालिका, केराबारी गाउँपालिका, कानेपानी, मिक्लाजुङ्ग सुनवर्षी, लेटाङ, पथरी शनिश्चरे, बेलवारी, रतुवामाई, धनपालथान सुन्दरहरैच, रङ्गेली, ग्रामथान, जहदा, कटहरी, बुढीगङ्गा र विराटनगर महानगरपालिकामा खटिने अधिकृत र सहायक अधिकृतको पनि सहभागिता छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७