मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना


२६ बैशाख २०७९, सोमबार
raining

काठमाडौं । वागमतीसहित केही प्रदेशमा आज (सोमबार) पनि मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज बिहानैदेखि वागमतीसहित मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

city
ncll 2

विभागका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७