आईपीएल क्रिकेट : चेन्नई विजयी, दिल्ली ९१ रनले पराजित


२६ बैशाख २०७९, सोमबार
ipl cricket cYOl3WqMer

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्स ९१ रनले विजयी भएको छ । मुम्बईमा गए राति सकिएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो ।

चेन्नईले दिएको २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै ११७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन जोडे । यस्तै, शार्दुल ठाकुरले २४, ऋषव पन्तले २१ र डेभिड वार्नरले १९ रन बनाए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी,सिमर्जित सिंह र ड्वाने ब्राभोले २/२ विकेट लिए । यस्तै, महेश थिकशनाले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेट गुमाएर २०८ रन जोडेको थियो ।

city
ncll 2

चेन्नईका लागि डेभोन कोन्वेले ८७ रनको अर्धशतकीय पारी खेले भने रुतुराज गायकवाडले ४१ रन, शिवम् डुबेले ३२ र कप्तान महेन्द्र सिंह धोनीले २१ रन जोडे । दिल्लीका एन्रिच नोटिर्जले ३ विकेट लिए भने खलिल अहमेदले २ र मिचेल मार्सले एक विकेट लिए । जितसँगै ११ खेलमा ८ अङ्क जोडेको चेन्नई अङ्क तालिकाको आठौं स्थानमा छ । दिल्ली ११ खेलमा १० अङ्क जोडेर पाँचौं स्थानमा छ ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७