इथियोपियाका लागि मल र बीउ सहयोग गर्न संयुक्त राष्ट्रसंघको आह्वान


२६ बैशाख २०७९, सोमबार
32335049ac4e176fdca1dbeae8f24b90

काठमाडौं । संयुक्त राष्ट्रसंघले इथियोपियाका लागि तत्कालै खाद्यान्नको बीउ र मलको आवश्यकता रहेकाले सहयोगका लागि सबैसँग अपिल गरेको छ ।

लामो समयदेखि इथियोपियाका कतिपय स्थानहरुमा खडेरी परेको र द्धन्द्धका कारण यहाँ खेतीयोग्य जमिनमा पनि खेती हुन नसकेको अवस्थामा संयुक्त राष्ट्रसंघले सहयोगका लागि अपिल गरेको हो ।

इथियोपियाको उत्तरी क्षेत्र द्धन्द्धका कारण ग्रस्त रही आएको छ । सो क्षेत्रमा आगामी हप्तादेखि मनसुन सुरु हुन लागेकाले त्यस अगावै आवश्यक बीउ र मलको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको हो । त्यस क्षेत्रका खेतबारी लामो समयदेखि बाँझै रहेका छन् । जसका कारण यहाँका नागरिकलाई खाद्यान्नको खाँचो रहने गरेको छ ।

विशेष गरी यहाँको उत्तरी क्षेत्रका नागरिकलाई लामो समयदेखि मानवीय सहायताको खाँचो रहेको पाइएको छ । यहाँको द्धन्द्ध समाधानका लागि भन्दै संयुक्त राष्ट्रसंघले लामो समयदेखि काम गर्दै आएको छ । तर द्धन्द्ध पनि जारी रहेको छ भने उता खडेरी लगायतका समस्याले यहाँ खेती भएको छैन । सो क्षेत्रको सबैभन्दा बढी प्रभावित मानिएको टिगरे क्षेत्रका किसानलाई अझ बढी सहयोग चाहिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७