स्थानीय निर्वाचन : भोटका लागि गाउँ-घर फर्किने बढ्दै


२६ बैशाख २०७९, सोमबार
bus2020 03 22 06 25 01

काठमाडौं । स्थानीय निर्वाचन आउन अब चार दिन बाँकी छ । मतदानको दिन सम्मुखमा आइसकेका बेला स्थानीय निर्वाचनमा भाग लिन देशका विभिन्न शहरी क्षेत्रबाट गाउँघर फर्किनेको संख्या ह्वातै बढ्न थालेको छ ।

रोजगारीको शिलशिलमा भारतलगायतका विदेशमा बस्नेहरु पनि भोट दिनको लागि गाउँघर फर्किएका छन् । यस्तै काठमाडौं उपत्यका र देशका अरु शहरी क्षेत्रमा बस्नेहरु पनि गाउँघर फर्कने क्रम शुरु भएको छ । चुनावको प्रचारप्रसार र उम्मेदवारलाई सघाउन तथा आफ्नो मताधिकार प्रयोग गर्न गाउँ घर जानेको संख्या बढेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घण्टामा काठमाडौं उपत्यकाबाट ५५ हजारभन्दा धेरै यात्रु बाहिरिएका छन् । यो अवधिमा ४२ हजारभन्दा धेरै यात्रु भित्रिएका छन् ।

city

यस्तै हिजो ५३ हजारभन्दा धेरै यात्रु बाहिरिएका थिए । यो अवधिमा भित्रिनेको संख्या भने ३९ हजार ५ सय २४ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ । चुनावका लागि गाउँ घर जानेको संख्या बढेसँगै केही दिनयता काठमाडौं उपत्यकासँग जोडिएका नाकाहरुमा गाडीको चाप बढ्न थालेको छ । गाडीको चाप बढेसँगै कार्यालय आउजाउ गर्ने समयमा लामो जाम हुने गरेको छ ।

jagdamba.cement

भोट हाल्न जानका लागि काठमाण्डौबाट धेरैजसोले गाडी रिजर्भ गरेर जाने गरेका छन् । यस्तै, अहिले नयाँ शैक्षिक सत्र सुरु भइनसकेकाले धेरैजसो विद्यालय बिदा भएकाले पनि गाउँ जानेको संख्या बढेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७