भारतमा थप ३२ सय सात जनामा कोरोना संक्रमण, २९ को मृत्यु


२६ बैशाख २०७९, सोमबार
korona india 1

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप ३२ सय सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोनाबाट थप २९ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार थप ३,४१० जना कोरोनामुक्त भएका छन् ।

भारतमा हाल कोरोना सक्रिय संक्रमितको संख्या २० हजार ४०० रहेको छ । कोरोना संक्रमण दर तीव्र बढेपनि अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या न्युन रहेको मन्त्रालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भारतका पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ । दिल्ली, महाराष्ट्र, कर्नाटक, राजस्थान, उत्तर प्रदेश र केरलामा संक्रमण दर उच्च पाइएको हो । सबैभन्दा एक्टिभ केस दिल्लीमा छन् । स्वास्थ् मन्त्रालयका अनुसार दिल्लीमा मात्रै ६ हजार बढी एक्टिभ केस छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७