हिमालको फेदी खाँदबारीमा चुनावी सरगर्मी, नगर प्रमुख जित्नेमा घिमिरे ढुक्क


२६ बैशाख २०७९, सोमबार
20201129 141413


संखुवासभा । हिमालको फेदी संखुवासभाको सदारमुकाम खाँदबारी नगरपालिकामा चुनावी सरगर्मी ह्वातै बढेको छ । पार्टीहरु आ-आफ्नो घरदैलो कार्यक्रममा चुनावी सभाहरुमा व्यस्त छन् ।

खाँदबारीमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आ-आफ्नै रणनीतिमा मतदाता रिझाउन व्यस्त छन् । खाँदबारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उच्च मनोबलका साथ चुनावी अभियानमा छ । विगतमाझै यसपल्ट पनि खाँदबारीमा एमालेको सक्रियता र पकड बलियो रहेको स्थानीय बताउँछन् ।

बलियो सांगठनिक संरचना र वडादेखि टोल कमिटीसम्मका कार्यकर्ता पंक्तिका कारण एमाले खाँदवारीमा चुनाव जित्नेमा ढुक्क देखिएको छ । पार्टीका सबै जनबर्गीय संगठनहरुको सक्रियता, खाँदबारी नगरपालिकाका वर्तमान नगर प्रमुख मुरारीप्रसाद खतिवडाको कार्यकर्ता संरक्षण र समानुपातिक बजेट बिनियोजन पनि चुनाव जित्ने बलियो आधार भएको एमालेका नेता-कार्यकर्ता दावी गर्छन् ।

नेपाली कांग्रेसबाट नगरको प्रमुखमा महेश थपलिया चुनावी मैदानमा छन् । तर, थपलिया भन्दा घिमिरे स्थानीय नागरिकसँग बढी नजिक रहेको स्थानीय बताउँछन् । कांग्रेसभित्रको आन्तरिक किचलो पनि नेकपा एमालेको चुनाव जित्ने अर्को आधार भएको एमाले नेता-कार्यकर्ताको भनाई छ ।

कांग्रेसमा नगर प्रमुखको टिकटका आकांक्षी धेरै थिए । वडाध्यक्षको चाहना गर्ने पनि धेरै थिए । निवर्तमान पार्टी सभापति दिपनकुमार श्रेष्ठ, वर्तमान उपाध्यक्ष अनन्त गौली, नेताहरू दिपेन्द्र बान्तवा, शेरबहादुर वन, जनक थापालगायतका प्रभावशाली नेताहरू खाँदबारी नगर प्रमुखको टिकट आकांक्षी थिए । तर अन्ततः महेश थपलिया मेयरको टिकट पाए ।

नेकपा एमालेका मेयरका प्रत्यासी जीतबहादुर घिमिरे भलिबलका जिल्ला खेलाडी समेत हुन् । उनी संस्थापक उपमेयर समेत हुन् । संस्थापक मेयर स्व.किरण शाक्य सफल हुनुमा जेबि घिमिरेको प्रमुख हात रहेको स्थानीय जानकार बताउँछन् । अक्करको बाटो खोलेर खाँदबारीबासीलाई मुडे-चैनपुर घुम्ने सास्तीबाट मुक्त गराएको जस स्थानीयले जीतबहादुर घिमिरेलाई दिने गरेका छन् । एमालेले यसलाई घिमिरेको आसन्न निर्वाचनको जितको अर्को आधार मानेको छ । घिमिरे एमालेका जिल्ला अध्यक्ष समेत भएका ब्यक्ति हुन् ।

आसन्न निर्वाचनमा आफू विजयी भए कत्लेभन्ज्याङ्ग-तुम्लिङटार-मुङ्लिङटार ४ लेनको बाटो र तुम्लिङटार एयरपोटको धावन मार्ग बिस्तार गरी ठूला जहाज चौबीसै घण्टा चलाएर कार्गो ड्राइपोर्ट गराउने योजना आफ्नो रहेको मिघिरे बताउँछन् । यस्तै सर्वे भइसकेको चतरा-सतीघाट पानीजहाजलाई सार्थकता दिने परिकल्पना आफूमा रहेको घिमिरेले सुनाए ।

खाँदबारीलाई साँस्कृतिक र व्यबस्थित नगर बनाउने योजना उनले चुनावी प्रतिबद्धतापत्रमा जनाएका छन् । रमिते, लहरी, हरेलो, छ्याङ्कुटी थालेडाँडा, मयम, मनकामना, चारधारा, हेलुवाबेसी छहरे छाँगा जस्ता पर्यटकीय सम्भावना भएका स्थानहरूमा विशेष योजनासहित काम गर्ने घिमिरे बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७