श्रीलंकामा हिंसात्मक झडप : सत्तारुढ दलका सांसदको गयो ज्यान


२७ बैशाख २०७९, मंगलवार
sri lanka crisis rJI1R1wwkC

काठमाडौं । श्रीलंकामा सरकारका समर्थक र विपक्षीबीच भएको हिंसात्मक झडपमा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैलाई गोली हानेका छन् । कोलम्बोको बाहिरी क्षेत्रमा घटना भएको हो ।

srl 9bPyOzAVOK

समाचार एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएका थिए । गोली लागेर एक जनाको मृत्यु भयो । त्यसपछि जनताको आक्रोशबाट बच्न सांसदले नजिकैको भवनमा लुक्ने प्रयास गरे । तर आक्रोशित मानिसहरूले पूरै भवनलाई घेरा हालेका थिए। मानिसले घेरेको देखेर सांसदले आफैलाई गोली हानेका थिए, जसका कारण उनको मृत्यु भएको थियो ।

श्रीलंकामा सोमबारदेखि सरकार समर्थक र विपक्षीबीच झडप सुरु भएको छ । कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएका छन् । उनलाई कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ । सरकार समर्थकहरूले आन्दोलनकारीमाथि आक्रमण गरेपछि हिंसा सुरु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७