आठ करोड ५३ लाख राजस्व चुहावट गरेको अभियोगमा मुद्दा


२७ बैशाख २०७९, मंगलवार
rajaswa anusandhan

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले काठमाडौं महानगरपालिका-२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादव विरुद्ध मुद्दा दायर गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विभागले १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । आरोपी अन्तरा इन्टरनेशनलले आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ । विभागले आरोपी विरुद्ध शतप्रतिशत जरिवाना समेत गरी रु १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

city
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७