जुम्लामा सात सय सुरक्षाकर्मी परिचालन


२७ बैशाख २०७९, मंगलवार
Myadi 1

जुम्ला । निर्वाचन सुरक्षाका लागि जिल्लामा एक हजार ७२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र भयरहित तवरबाट सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो ।

निर्वाचन सुरक्षामा नेपाल प्रहरी ४३२, नेपाली सेना ३५०, सशस्त्र प्रहरी २७० र ६६९ म्यादी प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए । उनका अनुसार सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलनदेखि स्थलगत निरीक्षणको काम गरिरहेको छ ।

निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटिइसकिएको छ । निर्वाचनको सुरक्षा चुनौति आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । यहाँका आठ वटै स्थानीय तहमा नेपाली सेना परिचालन भएको नन्द बक्स गणका गणपति रवीन थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७