कार्यकर्तालाई बर्षमानको आग्रह : गठबन्धन जसरी जोगाउनु छ, संयम हुनुस्


२७ बैशाख २०७९, मंगलवार
Barsaman Pun

रोल्पा । रोल्पामा माओवादीबाट नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरु दिनहुँ कुटिइरहेका बेला नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’ ले भने गठबन्धन जोगाउन सबै संयम हुनुपर्ने बताएका छन् ।

आज (मंगलबार) रोल्पामा भएको पत्रकार सम्मेलनमा पुनले केही स्थानमा भएका असमझदारीलाई दलहरु बसेर मिलाउने प्रतिबद्धता जनाए । पुनले देशैभर सत्ता गठबन्धनबीच तालमेल भए पनि कांग्रेस जिल्ला नेतृत्वको अराजक र अराजनीतिक चरित्रका कारण रोल्पामा तालमेल गर्न नसकिएको उल्लेख गरे ।

स्थानीय कांग्रेस नेतृत्वले पाँच दलीय गठबन्धनको भावना विपरीत गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गरेकामा आपत्ति जनाए । कांग्रेसले रोल्पामा एमाले र विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेल गरेको छ ।

सभापति शेरबहादुर देउवा र आफ्नै समूहका नेता रामचन्द्र पौडेलले तालमेलका आधारमा अघि बढ्न दिएको निर्देशन अस्वीकार गरेर रोल्पा कांग्रेसका नेताहरुले ऐतिहासिक गल्ती गरेको उनले टिप्पणी गरेका छन् । रोल्पाका कांग्रेसलाई नक्कली र फुइँफुट्टाको संज्ञा दिँदै उनले ढिलो चाँडो जिल्लाबाट कांग्रेस बढारिने दाबी गरे । नेता पुनले नेत्रविक्रम चन्द विप्लवलाई पुरानो घर फर्कन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७