प्यूठानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप


२७ बैशाख २०७९, मंगलवार
jhadap
सांकेतिक तस्विर

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका-८ फोप्लीमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । स्थानीय तहको चुनावमा भोट दिन भन्दै कांग्रेस कार्यकर्तालाई एमाले कार्यकर्ताले फकाउन खोजेपछि झडप भएको बताइएको छ ।

शुरुमा दुवै समूहबीच विवाद भएको र पछि झडप भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी सत्यनारायण थापाले जानकारी दिए । झडपमा विष्णु गुरुङ र पुठबहादु पुन घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार फोप्लीमा भएको गठबन्धनको र्‍यालीबाट फर्किने क्रममा गठबन्धनका कार्यकर्तालाई एमालेहरुले घरभित्र हाली फकाउन खाजेको गठबन्धनका कार्यकर्ताको आरोप छ । घाइते एमाले कार्यकर्ताले भने गठबन्धनका कार्यकर्ताले धारिलो हतियारसहित कुटपिट गरेको बताएका छन् । घाइतेहरूको बिजुवारस्थित प्यूठान अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७