घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२७ बैशाख २०७९, मंगलवार
gold

काठमाडौं । सुनचाँदी बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला ७०० ले घटेर ९८ हजार तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुन-चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७