‘चुनावी तालमेल र मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढ्छ’ (पूर्णपाठ)


२७ बैशाख २०७९, मंगलवार
adksfmg1652165033

काठमाडौं । आम निर्वाचन परिवेक्षण समितिले गठबन्धनका कारण स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको संख्या बढ्ने निष्कर्ष निकालेको छ ।

समितिले दलहरूबीच चुनावी तालमेल र मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढ्ने निष्कर्ष निकालेको हो । कतिपय मतदातामा कसरी चिन्ह लगाउनुपर्छ भन्ने जानकारी नहुँदा मतपत्र बदर हुनसक्ने सम्भावना रहेको औंल्याएको छ । स्थानीय चुनावमा मतदाताले एकै मतपत्रमा सात ठाउँमा चिनो लगाउनुपर्ने व्यवस्था छ ।

निष्कर्षमा भनिएको छ, ’निर्वाचन आयोगले मतदान प्रक्रियाबारे मिडियामार्फत प्रचार सामग्री राखेको देखिन्छ । मोबाइल रिङ्गटोनमार्फत मतदानका निम्ति उत्साहित गरे पनि मतपत्र बदर हुन नदिन मतदातालाई शिक्षा पर्याप्त नदिँदा यसपाली मतपत्र बदर संख्या बढ्ने सम्भावना देखिन्छ । राजनीतिक दलहरुले पनि मतपत्र बदर नहुने गरी मतदान सिकाउनुपर्ने दायित्व हो । उनीहरुले आफ्नो प्रचार-प्रसार गरे पनि मतपत्र बदर हुन नदिनेतिर त्यति चासो दिएको देखिंदैन ।’

अघिल्लो निर्वाचनमा राजनीतिक दलहरूले प्रमुख या उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार बनाएका थिए । दुई वा दुईभन्दा बढी दलहरु बीच तालमेल गरी उम्मेदवारी दिएका मतदातामा तालमेलबारे जानकारी नहुँदा उम्मेदवार नभएको ठाउँमा मतदान हुन सक्ने र त्यसले बदर मतको संख्या बढाउन सक्ने देखिएको छ ।
पूर्णपाठ

1 2
2 1
3 1
4 1
5 1
6 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७