पूर्व प्रमुख निर्वाचन आयुक्त यादव पर्यवेक्षकमा अस्वीकृत


२७ बैशाख २०७९, मंगलवार
Dr. Ayodhi Prasad Yadav
Chief election Commissioner (CEC) Aayodhi Prasad Yadav Photo: Dinesh Gole/Nagarik/Republica


काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले पर्यवेक्षकका लागि दिएको निवेदन अस्वीकृत भएको छ । आयोगले आफ्नै पूर्व प्रमुख आयुक्तलाई पर्यवेक्षकको अनुमति दिन अस्वीकार गरेको हो ।

कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको पाइएपछि आयोगले यादवलाई पर्यवेक्षकको रुपमा स्वीकार नगरेको आयोगका एक अधिकारीले बताए । ‘आयोगकै एक जना व्यक्तिले उहाँ कुनै दलको केन्द्रीय विभागमा आवद्ध भएको जानकारी गराउनु भयो । त्यसबारे सोधपुछ गर्दा आवद्ध रहेको थाहा भएपछि अनुमती दिन सकेनौं’, आयोग स्रोतले भनेको छ ।

यादव नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभागको सदस्य छन् । माओवादी केन्द्रले २३ मंसिर २०७८ मा जारी गरेको सूचीमा उनको नाम केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको उल्लेख छ । आयोगले पूर्व न्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाश प्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमती दिने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७