पश्चिम सेती निर्माणका लागि मोदीसँग सम्झौता हुन सक्छ : प्रधानमन्त्री


२७ बैशाख २०७९, मंगलवार
Deuwa bharatpur sabha scaled

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिम सेती परियोजनाको विषयमा सम्झौता हुन सक्ने बताएका छन् ।

आज (मंगलबार) गृह जिल्ला डडेलधुरामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपालले आफ्नै लगानीमा पश्चिम सेती बनाउन सक्ने अवस्था नरहेकाले भारतीय प्रधानमन्त्री मोदीसँग पश्चिम सेती निर्माणका लागि आवश्यक कुरा गर्ने बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

देउवाले भने, ‘चीन वा अन्य देशको प्रोजेक्टको बिजुली भारतले किन्न मान्दैन, त्यसैले भारतले बिजुली किन्ने गरी पश्चिमसेती निर्माण गर्ने विषयमा मोदीसँग कुरा हुन्छ ।’ प्रधानमन्त्री देउवाले भने, ‘विद्युत् परियोजना बनाउने भारतको भरपर्दो कम्पनीसँग सम्झौता गरी जलाशययुक्त पश्चिम सेती परियोजना निर्माण गर्नुपर्ने हुन्छ ।’

city
ncll 2

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलाशययुक्त पश्चिमसेती परियोजना निर्माणका लागि बुद्ध पूणर्िमाका दिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्रीसँग सार्थक वार्ता हुने बताए । देउवाले थपे, ‘जलाशययुक्त परियोजना नबन्दासम्म लोडसेडिङको समस्या समाधान नहुने भएकाले सुख्खा समयमा विद्युत् उत्पादनका लागि यो नै उपयुक्त विकल्प हो ।’

jagdamba.cement
nepal liquors

देउवाले पश्चिम सेती मात्रै होइन, पञ्चेश्वरका विषयमा पनि भारतीय प्रधानमन्त्रीसँग सार्थक वार्ताको तयारी भइरहेको बताए । ‘पूर्वाधार नभएकाले धनगढीमा राजधानी राखिएको हो । राजधानी बनाउने गरी पूर्वाधार विकास शुरु गरिने छ’, उनले भने । देउवाले स्थानीय स्तरका विकासका मुद्दा पनि कांग्रेसले मात्र समाधान गर्न सक्ने बताएका थिए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७