सुनवलका निर्वतमान मेयरले फर्काए सुविधा बापतको साढे १८ लाख


२७ बैशाख २०७९, मंगलवार
sunwalmeyor 20220510150201

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका निर्वतमान मेयर भीमबहादुर थापा (भरत) ले कार्यकाल अवधिभर पाएको तलब/भत्ता र अन्य सुविधाबापतको रकम नगरपालिकालाई फिर्ता गरेका छन् ।

मेयर पदमा निर्वाचित भए लगत्तै उनले आफूले नगरपालिकाबाट कुनै पनि सुविधा नलिने घोषणा गरेका थिए । आफ्नो कार्यकालमा नगरपालिकामा भएका कामको प्रशंसा बटुलेका थापाले व्यक्तिगत लगानीबाट पनि अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका थिए । तलब/भत्ता र अन्य सुविधा बापत पाएको कुल १८ लाख ५१ हजार ४२४ रुपैयाँ मेयर थापाले नगरपालिकाको सञ्चित कोष र दैविक प्रकोप उद्धार विशेष कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जानकारी दिए ।

जम्मा गरेको रकममा सेवा सुविधा बापतको १४ लाख ८६ हजार, दैनिक भ्रमण भत्ता बापतको १ लाख ४१ हजार ३ सय र बैठक भत्ता बापतको २ लाख २३ हजार रहेको नगरपालिकाले जनाएको छ । थापा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । पार्टीले अहिले मेयरको उम्मेदवारमा जिल्ला सभापति अर्जुनकुमार पोखरेललाई उठाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७