गोर्खाज फाइनान्स र सिडिएसइबीच डिम्याट सेवाकाे लागि पुनः सम्झौता


२६ बैशाख २०७९, सोमबार
gurkhas and cdce

काठमाडौं, २७ बैशाख । गोर्खाज फाइनान्स लिमिटेड र सिडिएसइबीच डिम्याट सेवाकाे लागि पुनः सम्झौता भएको छ । ‘डिम्याट एकान्ट सेवा’ उपलब्ध गराउँदै आएको गोर्खाजले सेवालाई सुचारू गरिराख्नका लागि एक कार्यक्रम बीच पुनःसम्झौतामा हस्ताक्षर गरेको हो ।

डिम्याट सेवाका लागि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष कुमार घिमिरे र सिडिएसईको सिईओ पूर्ण प्रसाद आचार्यलले समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार सिडिएसईबाट डिम्याट एकान्ट खोल्ने निरन्तर पाउनेछ । बैंकले यो सुविधा आफनो सम्पुर्ण शाखाबाट उपलब्ध गराउने फाइनान्सकी बजार व्यवस्थापन प्रमुख सुनिता राईले जानकारी दिईन ।

हालसम्म फाइनान्सले मुख्य कार्यालयसहित २७ वटा शाखा कार्यालयहरू हेटौडा, रवि, बिर्तामोड, दमक, इटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, वीरगन्ज, नारायणघाट, पोखरा, लखनचोक बुटवल, विजौरी दाङ, नेपालगन्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर तथा काठमाडौँ उपत्यकाभित्र डिल्लीबजार, बौद्ध, गोंगबु, न्युरोड, सातदोबाटो, भक्तपुरसहित कोटेश्वारबाट एकस्टेन्सन काउन्टरल गरी दशको सातै वटा प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिई रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७