अमेरिकामा रहेकी केकीले भनिन्, ‘बहुमूल्य मतदान गर्न नपाउँदा चित्त दुख्ने रहेछ’


२८ बैशाख २०७९, बुधबार
keki adhikari nepali beautiful cute actress

काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउने अवस्था बनेको भन्दै खिन्नता व्यक्त गरेकी छन् । हाल अमेरिकामा रहेकी अधिकारीले सामाजिक सञ्जालमार्फत मताधिकारीको प्रयोग गर्न पाउनु ठूलो कुरा भएको बताएकी हुन् ।

‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ’, अधिकारीले भनेकी छन्, ‘काम विशेषले बाहिर भएको कारणले मैले यस पटक मेरो मताधिकारको प्रयोग गर्न पाइनँ । तपाईंहरुले चाहिँ आफ्नो एक भोटको मूल्य पक्कै बुझ्नु भएकै छ ।’

उनले निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको प्रयोग गर्न अनुरोध गरेकी छन् । उनले शान्त, सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुन सकोस् भन्ने कामना समेत गरेकी छन् । अधिकारी केही साताअघि कार्यक्रमको शिलशिलामा अमेरिका पुगेकी हुन् । स्थानीय तहको निर्वाचन शुक्रबार हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७