दिल्लीसँग राजस्थान ८ विकेटले पराजित


२९ बैशाख २०७९, बिहीबार
Delhi IPL

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि सहज जित निकालेको छ ।

मुम्बईमा बुधबार राति भएको खेलमा दिल्लीले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीको जितमा मिचेल मार्शले ८९ रनको अर्धशतकीय इनिङ खेले । यस्तै डेभिड वार्नरले अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङस खेले । कप्तान ऋषव पन्तले अविजित १३ रन जोडे । राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो ।

राजस्थानका रविचन्द्र आश्विनले ५० रनको अर्धशतकीय खेले । देबदुत पडिकलले ४८ रन जोडे । दिल्लीका मिचेल मार्श, एन्रिच नोर्किया र चेतन शाकरियाले २/२ विकेट लिए । जितसँगै दिल्लीले १२ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा छ । राजस्थान १२ खेलमा १४ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७