धर्मेन्द्र बास्तोला गिरफ्तार


२९ बैशाख २०७९, बिहीबार
Dharmendra Bastola

दाङ । नव गठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरिएको पार्टीका एक नेताले जानकारी दिएका छन् ।

उक्त पार्टीका नेता गुणराज लोहनीले बाँस्तोलालाई कोहलपुर घर जाँदै गर्दा दाङको भालुवाङमा आज बिहान ५/६ बजेतिर प्रहरीले गिरफ्तार गरेको बताए । बाँस्तोलालाई षडयन्त्रमूलक तरिकाले गिरफ्तार गरिएको भन्दै लोहनीले तुरुन्त रिहा गर्न माग गरेका छन् ।

रुपन्देहीको बुटवलमा गए रापि बम विष्फोट भएको थियो । त्यहाँ नेकपा माओवादी क्रान्तिकारीको पर्चा भेटिएको थियो । त्यही निहुँमा बाँस्तोलालाई पक्राउ गरिएको हुनसक्ने लोहनीले बताए । स्थानीय निर्वाचनको ठिकअघि उनलाई पक्राउ गरिएको छ । चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ । चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट विभाजन भई उनले केही दिनअघि मात्र नयाँ पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७