वामदेव गौतमले भोट नहाल्ने


२९ बैशाख २०७९, बिहीबार
bamdev gautam2
फाइल फोटो

काठमाडौं । नेता वामदेव गौतमले भोलि (शुक्रबार) को स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा केहि निस्क्रिय बनेका छन् । उनले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताएका छन् ।

बर्दियाको बाँसगढी नगरपालिका-१ को मतदाता रहेका गौतमले भने, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।’ गौतम राष्ट्रिय सभा सदस्य समेत हुन् ।

गौतमले नेकपा एमालेबाट विभाजित बनि बनेको माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका थिए । नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका गौतम सोही पार्टी नजिक रहेको अनुमान चलिरहेका बेला गौतमले भने यसपल्टको स्थानीय चुनावमा भोट नहाल्ने निष्कर्षमा पुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७