देउवा-मोदी डेढ महिनाको अन्तरमा फेरि लुम्बिनीमा भेट्दै


२०७९ बैशाख २९ बिहीबार १०:५३ बजे


काठमाडौं । हिन्दु र बौद्ध सभ्यताको साझा विरासत बनाउन एवं द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो सोमबार लुम्बिनी आउँदै छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लुम्बिनीमा सोमबार मध्यान्ह भेटवार्ता हुनेछ । देउवा र मोदीबीच ४४ दिनपछि फेरि भेट हुन लागेको हो । प्रधानमन्त्री देउवाले भारतीय समकक्षीलाई जेठ २ गते लुम्बिनीमा दिवाभोज दिने कार्यक्रम तय भएको भ्रमण तयारीमा संलग्न सरकारी अधिकारीहरुले बताए ।

चैत १९ गते देउवा र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा पहिले एकल र त्यसपछि प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय बैठक भएको थियो । त्यसको डेढ महिनापछि देउवा र मोदीबीच फेरि दिवा भोजसहितको बैठक तय भएको हो । बोधगयामा बुद्धत्व प्राप्त गरी भगवान् गौतम बुद्ध बनेका राजकुमार सिद्धार्थको जन्मस्थल लुम्बिनीमा मोदीले अवतरण गर्ने छन् । त्यहाँ भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारतको सहयोगमा निर्माण हुन लागेको बौद्ध विहारको शिलान्यास गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदी भारतको उत्तर प्रदेशको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर चढेर बुद्ध पूर्णिमाको दिन बुद्धले महापरिनिर्वाण प्राप्त गरेको स्थान, बुद्धको जन्म भएको स्थान, बुद्धत्व प्राप्त गरेको स्थान र पछि निर्वाण प्राप्त गरेको स्थान लुम्बिनीमा पुग्ने छन् ।

भगवान् बुद्धको जीवन, उपदेश र पुनरुत्थानमा दृढ विश्वास राख्ने मोदीले भारतका महान् प्रचारकका सबै अमूल्य अवशेषहरू उनको आफ्नै कार्यालयले तालिकाबद्ध गरेको छ भने, भगवान् बुद्धको जीवनसँग सम्बन्धित सबै स्मारकहरूको पुनर्स्थापना गर्न निर्देशन दिएका छन् । बुद्धले आफ्नो पहिलो उपदेश उत्तर प्रदेशको सारनाथ र कुशीनगरमा दिएका थिए ।

प्रधानमन्त्री देउवा चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको लुम्बिनीसँग ६ किलोमिटरको दूरीमा रहेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (गौतम बुद्ध) को उद्घाटन गरेपछि लुम्बिनी जानेछन् । मोदीले आफ्नो पहिलो कार्यकालमा जनकपुरको सीता मन्दिर र मुस्ताङमा रहेको मुक्तिनाथ विष्णु मन्दिर जस्ता हिन्दु साझा सम्पदास्थलहरूको भ्रमण गरे पनि भारतीय प्रधानमन्त्रीको रूपमा पुनः निर्वाचित भई आठ वर्ष पूरा गरेपछि मे १६ को भ्रमण उनको पहिलो हुनेछ ।

नेपालसँगको सम्बन्ध सुधारलाई भारतीय प्रधानमन्त्री मोदीले सधैं उच्च प्राथमिकतामा राख्ने गरेको बताइन्छ । सोही अनुसार ऐतिहासिक लुम्बिनी स्थलमा मोदीले प्रधानमन्त्री देउवालाई भेटेर द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने छन् । मोदीले भारतको छिमेकी पहिलो नीतिको हिस्साका रूपमा नेपालसँग सकारात्मक विकासमुखी एजेन्डा राखेका छन् । जसमा विशेष गरी तराई क्षेत्रलाई समेट्दै राष्ट्रिय सुरक्षाको विषय समेत रहेको छ । मोदी लुम्बिनी आउने भएपछि अहिले सो क्षेत्रका सम्पदा सिङ्गार-पटारसँगै सरसफाइ गरेर चिटिक्क बनाइँदै छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७