आइतबारदेखि ६ वटा विमानस्थलमा बुद्ध एयरको रात्रिकालीन उडान


२९ बैशाख २०७९, बिहीबार
buddha airline

काठमाडौं । बुद्ध एयरले आइतबारदेखि ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ । बुद्ध एयरले शनिबारबाट जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान गर्न लागेको जनाएको छ । यी उडान राति ८ बजेदेखि राति १२ बजेसम्म हुने वुद्ध एयरले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृती लिएर रात्रीकालिन उडान शुरु गर्न लागिएको हो । दैनिक कामकाजमा व्यस्त यात्रुका लागि रात्रिकालीन उडान आकर्षक हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । रात्रिकालीन उडान विहान दिउँसोको तुलनामा सजिलो र सस्तो हुने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७