श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे


३० बैशाख २०७९, शुक्रबार
Ranil New1652373791

काठमाडौं । स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार उनलाई पद तथा गोपनीयताको सपथ गराए । यसअघि चार पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघेले आफ्नो पाँचौं कार्यकालमा धराशायी बनेको मुलुकको अर्थतन्त्र उकास्ने अपेक्षा गरिएको छ ।
आर्थिक संकटको विरोधमा हिंसात्मक प्रदर्शन भएपछि सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रमुख विपक्षी दलहरूले सरकारको नेतृत्व गर्न राष्ट्रपतिले गरेको आह्वानलाई अस्वीकार गरेपछि २२५ सदस्यीय संसदमा एक सिट मात्र रहेको युनाइटेड नेसनल पार्टी (यूपीए) का ७३ वर्षीय विक्रमासिंघे प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७