प्रचण्डले गरे भरतपुर-१४ को प्रहरी स्कुलबाट मतदान, भने, ‘जीत-हार स्वभाविक’


२०७९ बैशाख ३० शुक्रबार ११:५७ बजे

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा मतदान गरेका छन् ।
प्रचण्डले शुक्रबार बिहान ७ बजे भरतपुर महानगरपालिका-१४ शान्तिपुरस्थित प्रहरी स्कुलबाट मतदान गरेका हुन् ।

भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री रेणु दाहाल मेयर उम्मेदवार छिन् । मतदानपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै जित-हारलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । उनले जितमा अनावश्यक हौसिने र पराजयमा निरास भइहाल्न नहुने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७