तनहुँमा १०० वर्षका कृष्णप्रसाद पण्डितले गरे मतदान
सबैको आयु आफ्नो जस्तै होस् भनि गरे कामना

तनहुँ । तनहुँकोे व्यास नगरपालिका-४ मदरसा मतदान केन्द्रबाट १०० वर्षका कृष्णप्रसाद पण्डितले मतदान गरेका छन् । स्थानीय चुनावको मतदान शुक्रबार बिहान ७ बजेबाट शुरु भइसकेको छ ।
व्यास नगरपालिका-१ को गल्फुबेंसीका पण्डितले वडा नम्बर ४ मा मतदान गरेका हुन् । उनी उम्मेदवारको गाडी चढेर मतदानस्थल पुगेका थिए । मतदानपछि छोटो प्रतिक्रिया दिंदै पण्डितले सबैको आयु आफ्नो जस्तै होस् भन्ने कामना गरेका हुन् ।