बारामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार- मतदान रोकियो

दोलखाको वैतेश्वरमा तनाव, मतदान स्थगित, पुग्यो नेपाली सेना


३० बैशाख २०७९, शुक्रबार
dolakha tension 9KZ0M4fMJg

बारा । स्थानीय निर्वाचनका क्रममा बाराका विभिन्न स्थानमा दुई पक्षबीच झडप भएको छ । पचतौरा नगरपालिका र देवताल गाउँपालिकामा झडप भएको प्रहरीले जनाएको छ ।

त्यहाँ कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकर्ताबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ ।

मतदान शुरु भएको केहीबेरमै झडप भएको थियो । झडपपछि अहिले उक्त स्थानमा सहमतिको प्रयास जारी रहेको र मतदान गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
दोलखाको वैतेश्वरमा तनाव, मतदान स्थगित, पुग्यो नेपाली सेना
दोलखाको वैत्यश्वर गाउँपालिका-३ मा मतदान स्थगित भएको छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको हो ।

एक सयको हाराहारीमा मत खसिसकेको अवस्थामा सत्ताधारी दुवै दलका कार्यकर्ताहरूबीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । अहिले सेनाले मतदान स्थल नियन्त्रणमा दिएको छ । वडा नम्बर ३ को कालीढुंगा मावि मतदान स्थलमा झडप भएको हो । वैत्यश्वर गाउँपालिका १ र २ मा पनि एक सयको हाराहारीमा मत खसिसकेपछि मतदान स्थगित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७