कोहलपुरमा एमाले-माओवादीबीच खुकुरी हानाहान, दुई जना घाइते


३० बैशाख २०७९, शुक्रबार
khukuri MN85r28Atr
सांकेतिक तस्विर

बाँके । बाँकेको कोहलपुरस्थित एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा खुकुरी प्रहार भएको छ । कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको हो ।

त्यसक्रममा खुकुरी प्रहार हुँदा दुवै पक्षका एक एक जना घाइते भएका छन् । गए राति खुकुरी प्रहारबाट पार्टी निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) का नेता राजु शाही र एमालेका विजय थापा घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए । अहिले दुवै घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७