देशभर मतदान जारी, ७३ प्रतिशत मत खस्ने आयोगको अनुमान

चार दिनभित्र नतिजा सार्वजनिक गरिसक्ने आयोगको तयारी


३० बैशाख २०७९, शुक्रबार
RBT Baglung 50396161 scaled


काठमाडौं । स्थानीय तह चुनावका लागि देशभर मतदान जारी चलिरहेका छ । विभिन्न जिल्लामा मतदानका क्रममा झडप भएका छन् । आयोगले विहान सात बजेदेखि अपराह्न पाँच बजेसम्म मतदानको समय तोकेको छ । निर्वाचन आयोगले कुल मतदाताको ७३ प्रतिशत मत खस्ने अनुमान गरेको छ । स्थानीय चुनावमा मतदाताको कुल संख्या एक करोड ७७ लाख ३३ हजार ७२३ रहेको छ ।

मतदाताले देशभरका ७ ५३ स्थानीय तहमा ३५ हजार २२९ जनप्रतिनिधि चयनका निम्ति मतदान गरिरहेका छन् । यीमध्ये ३ सय ९० प्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । ३५ हजार २२१ पदका लागि एक लाख ४८ हजार उम्मेदवार चुनावी मैदानमा छन् ।

कुल मतदाता संख्याको २० प्रतिशत विभिन्न कारणले बाहिर रहेकाले ७३ प्रतिशत मतदान हुने अनुमान गरिएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन् । ‘२० प्रतिशत बढी मतदाता बाहिर हुनुहुन्छ । मौसम र अन्य कारणले पनि असर पार्ने देखिन्छ । न्यूनतम ६५ देखि ७३ प्रतिशतसम्म मत खस्ने आयोगको अनुमान छ,’ प्रमुख आयुक्त थपलियाले भने । आयोगले देशभरको नतिजा चार दिनभित्र सम्पन्न गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७