१२ बजेसम्म ३५ प्रतिशत मतदान : निर्वाचन आयोग

१५ बढी स्थानमा झडपका घटना


३० बैशाख २०७९, शुक्रबार
ChandrakalaBhandari Jhapa RSS 30


काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा शुक्रबार बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ ।

मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगले जनाएका छन् । ती ठाउँमा पुनः मतदान सुरु गर्न प्रयास भइरहेको पनि आयोगले जनाएको छ ।
देशभर १५ बढी ठाउँमा झडप
स्थानीय तह निर्वाचनअन्तर्गत मतदानका दिन अहिलेसम्म देशका विभिन्न १५ भन्दा बढी स्थानमा झडपका घटना पुष्टि भएको छ ।
अहिलेसम्म १५ भन्दा बढी ठाउँमा झडप भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिएका छन् । उनले सामान्य झडपका घटनाहरू केन्द्रसम्म नआइपुग्ने बताए ।

‘देशभरका १५ ठाउँमध्ये पनि केही ठाउँमा पुनः मतदान सुरु भइसकेको छ । केही घाइतेको उद्धार गर्न हेलिकोप्टर पठाइएको छ’, उनले भने, ‘‘शान्ति सुरक्षालाई नै प्रभावित पार्ने प्रकारको झडप भएको छैन । केही ठाउँमा हवाईफायर भएको छ ।’

capture 1352022084113 1000x0 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७