दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मतदान

झडपका कारण ३० ठाउँमा मतदान अवरुद्ध, १२ ठाउँमा चल्यो गोली


३० बैशाख २०७९, शुक्रबार
butal 61652418772

काठमाडौं । निर्वाचन आयोगले आज (शुक्रबार) २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको बताएको छ । दिउँसो २ बजेसम्म देशभरका मतदान केन्द्रबाट आएको विवरण अनुसार ४१ प्रतिशत मत खसेको आयोगले जनाएको हो ।

आयोगले विज्ञप्ति जारी गर्दै कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका-१७ बाहेकका सबै मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताएको छ ।

झडपका कारण ३० ठाउँमा मतदान अवरुद्ध, १२ ठाउँमा चल्यो गोली
देशभरका विभिन्न जिल्लामा झडप हुँदा ३० ठाउँमा मतदान अवरुद्ध भएको छ । झडपका कारण मतदान अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बिष्णु कुमार केसीले जानकारी दिएका छन् ।

उनले देशभरमा विभिन्न ठाउँमा झडप भए पनि शान्ति सुरक्षालाई प्रभाव पार्ने किसिमका झडप नभएको बताए । ‘अहिलेसम्म १२ ठाउँमा गोली चलाएर झडप नियन्त्रण गर्नु परेको छ । बढी जोखिम भएका ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ;, उनले भने ।

देशभरका विभिन्न मतदान केन्द्रमा मतपेटिका तोडफोड भएका छन् । त्यस्तै राजनीतिक दलका कार्यकर्ताहरु घाइते भएका छन् । यस अवधिमा प्रहरीले हवाई फायर समेत गर्नुपरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७