बाबुराम भट्टराईले मतदान गरेको केन्द्रका मतदान अधिकृतलाई पनि मागियाे स्पष्टीकरण


३० बैशाख २०७९, शुक्रबार
28 Shares
baburam bhattarai1652413452

काठमाडौं । निर्वाचन आयोगले मतदान गरेपछि मत संकेत गरेको फोटो सार्वजनिक गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारबाही नगरेको भन्दै सो मतदान केन्द्रका मतदान अधिकृतलाई पनि स्पष्टीकरण सोधेको छ ।

आयोगले शुक्रबार गोरखाको पालुङटार नगरपालिका अन्तर्गत अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार शर्मा रुपाखेतीलाई स्पष्ट गरी प्रतिवेदन बुझाउन आयोगले पत्र पठाएको हो । आयोगले गोप्य मतदान सार्वजनिक गर्दा १५ हजार जरिवाना दिनुपर्ने कानुनी व्यवस्था भएपछि तत्काल कारबाही नगरेको भन्दै प्रश्न गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘कसरी गोप्य मत संकेत गर्ने निसिद्ध स्थानमा फोटो लिने अर्को व्यक्ति र फोटो लिने सामग्री (क्यामेरा बा मोबाइल) लानु भयो ? निज डा. बाबुराम भट्टराईले फोटो लिने सामग्री (मोबाइल वा क्यामेरा) साथ लाँदा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लैजानबाट निजलाई रोक्नु भएन निज डा. बाबराम भट्टराईले मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगी मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन निजलाई तत्काल निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२२ बमोजिमको कारबाही गर्नु भएन ?’, पत्रमा भनिएको छ, ‘साँचो विवरण खुलाई यथाशिघ्र आयोगमा प्राप्त हुने गरी स्पष्ट प्रतिवेदन पठाउन हुन ।’ भट्टराईले मतदान गरेपछि मत संकेत सार्वजनिक गरेका थिए ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७