राति ८ बजेदेखि मतगणना, ६५ देखि ७२ प्रतिशतसम्म मत खस्ने आयोगको आँकलन


३० बैशाख २०७९, शुक्रबार
butal 61652418772

काठमाडौं । निर्वाचन आयोगले साँझ ८ बजेदेखि स्थानीय तह निर्वाचनको मत गणना शुरु गर्ने जनाएको छ । नजिकै मत गणनास्थल भएका २० प्रतिशत स्थानीय तहको मतगणना आजै साँझ ८ बजेदेखि शुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

उनका अनुसार भोलि दिउँसो २ बजेसम्म सबै स्थानीय तहको मतपत्र मतगणना स्थलसम्म पुर्‍याई सकिनेछ । सबै स्थानीय तहको पाँच दिनमा मतगणना कार्य सम्पन्न गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।
वैशाख ३ गतेको निर्वाचनको मतगणना पनि यसैबीच शुरु हुने भएकाले एक-दुई दिन थप हुनसक्ने आयोगले अनुमान गरेको उनले बताएका छन् ।
६५ देखि ७२ प्रतिशतसम्म मत खस्ने आयोगको आँकलन
निर्वाचन आयोग स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आंकलन गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले पालिका तहको चुनावमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आंकलन गरेको बताएका छन् ।

उनले ३ बजेसम्म ४६ प्रतिशत मत खसेको र सो क्रम ५ बजेसम्म जारी रहने बताए । प्रमुख आयुक्त थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीचको द्वन्द्वका कारण मतदान रोकिएको तर रद्द नभएको बताए । मतदान कार्य साँझ ५ बजेसम्म चल्ने भएकाले अझै मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेर मत हाल्न सक्ने उनले बताए । प्रमुख आयुक्त थपलियाले स्रोत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग नरहेको स्पष्ट पार्दै विभिन्न गतिविधि गरेर निर्वाचनलाई रोक्ने प्रयास गरेमा त्यो मान्य नहुने बताए ।

‘३ बजेसम्म झण्डै ४६ मत खसेको छ । केहीमा ७०, केहीमा १८ प्रतिशतसम्म खसेको छ । समग्रमा भन्दा ४६ प्रतिशत मत खसेको छ । अहिले विभिन्न जिल्लाका ३२ वटा मतदान केन्द्रहरुमा द्विपक्ष विभिन्न राजनीतिक दल र उम्मेदवारहरुका बीचको द्वन्दको कारणले मतदान कार्य स्थगत भएको छ । यो रद्ध भएको होइन । मतदान अधिकृतहरुले हरसम्भव प्रयास गरेर मतदान कार्यलाई पुनः सञ्चालन गर्ने प्रयासमा हुनुहुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७