उदयपुर कटारीमा बुथ कब्जा गर्न खोज्दा चल्यो गोली, एकको मृत्यु


३० बैशाख २०७९, शुक्रबार
140 Shares
shooting a gun 0131 horizontal large gallery %E0%A4%85%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%BE %E0%A5%A7%E0%A5%A7 %E0%A4%9C%E0%A4%A8%E0%A4%BE %E0%A4%AF%E0%A4%B9%E0%A5%81%E0%A4%A6%E0%A5%80%E0%A4%95%E0%A5%8B %E0%A4%B9%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%BE
सांकेतिक तस्विर

उदयपुर । उदयपुरको कटारी नगरपालिका-१० स्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा एक जनाको ज्यान गएको छ भने एक बालक घाइते भएका छन् । झडप नियन्त्रणका क्रममा प्रहरीले आठ राउण्ड गोली चलाएको छ ।

कटारी-१० मतदानस्थल कालिका माध्यमिक विद्यालय सोरूङ छबीसेमा मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि गोली चलाउनु परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले जानकारी दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यहाँका स्वतन्त्र रुपमा वडाअध्यक्षका प्रत्यासी गौरव कटुवालका भतिजा करिब २० वर्षीय प्रवीण कटुवालको गोली लागेर ज्यान गएको हो । स्थानीय छत्र कटुवालले प्रवीणको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

तर प्रहरीले भने मृत्युको अझै पुष्टि गरेको छैन । अर्का १० वर्षीय बालकको खुट्टामा गोली लागेको जनाइएको छ । घटनास्थल कटारी बजारबाट ३ घण्टा गाडीको दूरीमा रहेकाले थप विवरण आउन सकेको छैन । पानी परिरहेकाले सम्पर्क हुन नसकेको प्रहरी प्रमुख बोहोराले बताएका छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७